खै के लेखॅु
तिन दिन भयो मैले तिमिलाइ जता ततै खोजेको
जमिनको हरियो दुबोमा
फुल्दै गरेको टुलभमा (tulip)
हॅागामा बसेको चरामा
तलाऊमा पौडिरहेका हॅासहरुमा
अनि
रुखमा चराले लगाएको गुणमा
किनकि,
तिमि जो कुनै रुपमा पनि आउन सक्छेउ रे भनेर।
तर मैले कतै पनि तिम्रो सोरुप चिन्न सकिन।।
साहेद तिमि म सित रिसाएकि छौ कि
तिन दिन भैसक्दा पनि
मैले तिम्रो पृयतम् लाइ बोलाउन नसकेकीमा
तिम्रो मुटुका ट्क्राहरुलाइ नरोउ भन्न नसकेकीमा।
मन नभएर हैन
मायॅा नभएर पनि हैन
भन्ने सब्बद नपाएर मात्रै हो।।
खै के भनु
खै के लेखॅु
भाबनामा डुब्ने मेरो आदतै सानै देखि
अब त झन बेदान्ततिर लागेकि छु
यो संसार केहि होइन,
हामि माटोबाट आएम् अनि माटोमै मिल्नु छ
भन्ने पनि थाहॅाछ।
तर पनि किन हो कुन्नि
तिम्रो प्रस्थानले यो मन सारै डग् मगाएको छ।।
धेरै कुराको संझना आईरहेछ मलाई
तिमि हुर्किसके पछिको हैन
सानो बच्चामा छुनु मुनु गर्दाको याद।
मेरो बिहा भए पछि “म पनि भिनाजुसित बिहा गर्छु”
भन्ने बेलाको याद।।
हैरान छु मनको गहिराई भित्रका कुरा
यो पोष्टमा म कसरि उल्लेख गरु?
मानिसहरु भन्छन्
कोहि अरुको लिन जन्मंन्छन् रे
कोहि चाहि अरुलाइ दिन,
कोहि मानिस अरुलाई दुख:दिन
अनि कोही चाही अरुको दुख:लिन।
तिमि त सबैको दुख:लिन आएकि रहिछौ
समयमै सबैको रिण चुक्ता गरेर गयौ।
खै के भनु
खै के लेखॅु
बस यति जान
तिमिले जुन कामकोलादि जन्म लिएकि थियौ
ति सबै पुरा गर्न सकेकिमा गर्ब मान।।
तिमि जहॅा गयौ
जहॅा छौ
आरामसित बस।
Rest in peace my dear Sandhya
I will miss you so much!
No comments:
Post a Comment