The academic papers I wrote

The articles I published

Wednesday, 17 May 2023

Nepal, the country of Gods and Goddesses

सुनको मुल्ले के भयो 
नक्कली सुन छाप् - छाप्टी  भएपछि, 
पढेको के काम लग्यो  
"चाट जीपिटि" आएपछि, 
कुन साँचो हो
कुन झुटो हो 
छुट्याउनै गाह्रो भो, 
मनमा उर्लिएका बेदनालाई 
आज खेख्नै पर्ने भो।  
  
*******************

मन्दिर र तीर्थस्तान अनगिन्ति  बने नेपालमा, 
साधु र स्वामी गनी नसक्नु भए, 
तर मान्छेले भने 
झूठो बोल्न छाड्नु त परै  जावस, 
झूठो र डाँकाबादी बाटै अरब बनाए।  

के के मात्रै भएन नेपालमा?
पौंच हुनेले जे जे गरे पनि भयो,
नहुनेहरुले चाही आत्मा हत्या गर्नु पर्यो 
बाल बच्चाको पेट पाल्न नसकेर। 
 
*********************

"बिदेसमा एउटा भन्दा बेसी मानिश सित सुत्छान् रे" 
भनेर खिल्ली गर्थे नेपालीहरु,
आज नेपाली समाचारमा सुने: 
"सरिरिक सम्बन्ध हुने सबै सित बिबाह गरेर सध्हे हुदैन"
भनेर।   
बलात्कार गर्नेलाई जेलमा हाल्नु त  परे जवस,
बलात्कार हुनेले चाही "जधौ" भनेर माफी माग्न पर्ने रे।  

**************

यो शिवले रमाएको देश,
सीताले जन्मलिएकी देश 
नेपालीहरुले 
"बुद्ध नेपालमै जन्मेका हुन्" भनेर 
अक्तिवर अथवा स्वमित्य जनाएका देश।  
देबी - देवता गल्ली - गल्लीमा 
भएका देस,
पुराण र प्रबचन भन्ने र सुन्नेहरुको धुईरो 
भएको देश,
मान्छेले मान्छेलाईनै बेचेर खाईराखेका छन् । 
भागुबन छन् त काहाँ छन्?
नाये छन् त कहाँ छन्?
एक चोटी जान्न मन छ। 
 
******************

कसैलाई कसैको न त मायाँ छ, 
न त कसैको आत्माको सरापको डर नै।    
नेताहरुलाई मात्रै हैन 
सबै जशो नेपालीहरुलाई आज 
पैशाको मात्रै डर छ।  

मनले नमानेर मात्रै लेखेकी हुँ,
ऐले पनि केहि हुने वाला छैन।   
सुन काण्ड जस्तै,
बलात्कार काण्ड जस्तै, 
पहिला पहिलाका 
झुस काण्ड  जस्तै,
एसपालाको काण्ड पनि 
मिलाऊलन् यिनले।  



 




No comments:

Post a Comment