क्यानडामा कृतज्ञता देखाउने दिन (Thanksgiving Day) त दुई दिन पछि मात्रै आउछ। तर हाम्रो छोरा छोरीहरुले आज थानक्सगिविंग मनाउदै छन् अटोवामा। हाम्रा तिनै छोरा छोरी हरु खानाका पारखी छन्। आ -आफ्नै हिसाबले मिठो पकाऊ छन्। हामी यहाँ भएपनि तिनै जना नजिकै भएकाले भाई र दिदीहरु मिलेर थनक्सगिविंग को मिठो -मिठो पकाउदै छन् उनीहरु। यी सबकालागि म धरै धरै कृतज्ञ छु !
तर मेरो एसपालीको मुखे कृतज्ञता चाहि मेरो माइली आमाजू (दिदिहजुर) मा समर्पण छ। दिदिहजुर मेरो र मेरो श्रीमानको लागि आमाजू र दिदीजु मात्र नभएर सासू र आमा सरह होइसिन्छ। उहाँ घरमा भैबक्सेकोले मेरो श्रीमानले देश बिदेश गर्न पाइबक्सीयो। उहाँ घरमा भैबक्सेकोले हाम्रो "घर" छ नेपालमा। अरू दिदि - बैनी हरुलाई "माइती" भनेर आउने बाटो छ। भाई - भतिजा, भान्जा - भान्जी, इस्ट - मित्र हरुलाई पनि हाम्रो मान्छे भनेर जाने बाटो छ। यी सबैका लागि हामी--म र मेरो परिवार दिदिहजुको धरै धरै आभारी छौँ !
मलाई आज यो कुरा पनि लेख्न मन छ कि नेपालमा मात्र हैन धेरै समाजमा महिलाहरुको दुर दर्शिताको, साहसको परिख हुदैन। तेसकारणले धेरै परिवारको उन्नति पनि भाको छैन। उद्दारणका लागि हाम्रो दिदिहजुरकै कुरा गरौ। मेरो ससुरजिउ बित्दा उहाँ ४७ होइसिन्थीयो। यो बत्तिश ३२ बर्ष आघिको कुरा हो। तेती बेला सबैले भने: "आब इन्को (दिदिहजुरको) के होला?"। "कसरी बस्छिन?" । "कोसित बस्छिन?"… आदि आदि। कशै कशै ले त यति निच कुरा पनि गरे कि त्यो यहाँ लेख्न पनि लाज लाग्छ ! बत्तिश (३२) बर्ष पछाडी यही दिदिहजुले एक्लै घर चलाएको मात्रै हैन उहाँले गरेको बेबहार, लगानी, हिसाब किताब देखेर तिनै मान्छे छक् परेकाछन्।
दिदिहजुर जस्ता धेरै महिलाहरु थिए / छन् यो संसारमा। उनीहरुले मौका पाएनन्/पाइरहेका छैनन्। उनीहरुको पारख भै राखेको छैन। आज यी सबै महिलाहरुमा मेरो येही आग्रह छ: दुखः र शुख त आउछ जान्छ।सुखमा न मत्तिउ। दु:खमा हरेश न खाऊ। सके जति राम्रो काम गर्दै जाऊ ता कि भोलिका छोरीहरुले "म महिला हुँ" "म यो काम गर्न सक्दिन" नभनुन। जाचमा पाश गर्न मात्रै हैन जीवनमा परिआउने सबै काममा पछाडी नहटुन।
दिदिहजुरमा म र मेरो परिवारको कृतज्ञता 🙏💖
Happy Thanksgiving Everyone!